सोमवार, आश्विन १२ गते २०८३

दुई सहायक रथी उपरथीमा बढुवा

सोमवार , भाद्र ८, २०८३

काठमाडौं । सरकारले नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा गरेको छ । सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा भएका हुन्। 
भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

उनीहरूलाई सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यस्तै प्रमुख सेनानीबाट चार जना महासेनानीमा बढुवा भएका छन्। उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार