आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा १२८२ कोरोना संक्रमण पुष्टी, ७ जनाको मृत्यु

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोे हो।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ। त्यस्तै सोही अवधीमा १ हजार २६२ जना निको भएका छन्। ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन्। जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार