शनिवार, कार्तिक ८ गते २०८३

जहाज २ घण्टासम्म आकाशमै घुमीरहँदा बाँच्ने आशा मारीसकेका थिए यात्रुले

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। सोमबार विराटनगरका लागी उडेको बुद्ध एयरको जहाज ठुलो दुर्घटनाबाट बचेको छ। तर २ घण्टासम्म आकाशमै जहाज उडीरहँदा यात्रुहरुले बाँच्ने आशा भने मारीसकेका थिए। 

जहाजमा बच्चा २, शिशु ३ सहित कुल ७३ जना यात्रु सवार थिए। सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुन: काठमाडौं नै फर्कियो। जहाजमा समस्या देखिएपछि लामो कसरतपछि ‘बालबाल’ काठमाडौंमा सकुशल ल्याण्ड गराइएको थियो।

जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो। 

जहाजमा समस्या आएर काठमाडौंको आकाशमा घुमिरहेपछि यात्रुहरूले आफूहरूले आफ्नो जीवनको अन्तिम क्षण नै यही भएको भन्दै रोइ कराई गरेका थिए। उनिहरुलाई जहज दुर्घटना हुन्छ नै भन्ने लागेकाले केही मानिस वेहोस समेत भएका एक यात्रुले बताए।  

आफूहरूलाई जोगाउनका लागि जहाजको क्याप्टेनले ठूलो मिहिनेत गरेको पनि यात्रुहरुले बताएका छन्। विराटनगरबाट काठमाडौं आउने बेलासम्म पनि ढुक्क नै भएपनि काठमाडौं आएपछि पनि जहाज ८/१० पटक घुमाइएपछि उनिहरु डराएका थिए।

जहाज ल्याण्ड नभएपछि यात्रुहरूले ढोका खोल्दिनुस् हामफाल्छौं भन्दै रूवाबासी गरेर रोई कराइ समेत गरेका थिए। लामो प्रयासपछि क्याप्टेन आङ्गेलु शेर्पाले विमानलाई सुरक्षित अवतरण गराएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार