शनिवार, कार्तिक ८ गते २०८३

राष्ट्रपति भण्डारीले गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज भएको छ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साझ उक्त अध्यादेश खारेज गरेकी हुन्।

संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने अवस्थामा सरकार पुगेको छ।

सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए।

तर त्यसबाट पनि फेरी पार्टी विभाजन हुने डरका कारण सो अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने गठबन्धनमा रहेका केही दलको अडान रहेपछि सरकारले अध्यादेश खारेज गर्न सिफारिस गरेको हो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार