सोमवार, आश्विन १२ गते २०८३

बाढी प्रभावित क्षेत्रमा जेनेरेटर र सोलारसहितका पोर्टेबल मोबाइल टावर पठाउँदै सरकार

बिहिवार , भाद्र ११, २०८३

काठमाडौं । सरकारले रसुवा बाढी प्रभावित क्षेत्रहरूमा सञ्चार, विद्युत र राहत कार्यलाई तीव्रता दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रको अवस्थालाई सामान्य बनाउन भइरहेका प्रयासहरूबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार विभिन्न स्थानमा अवरुद्ध भएको सञ्चार सेवालाई पुनः सुचारु र सुदृढ बनाउन जेनेरेटर र सोलार सहितका पोर्टेबल मोबाइल टावरहरू पठाइने कार्य भइरहेको छ । यसका साथै, विद्युत् आपूर्ति ठप्प भएका क्षेत्रहरूमा तत्कालका लागि ब्याकअप प्रणालीहरू पनि पुर्‍याइँदै छ ।

उद्धार कार्यका बारेमा जानकारी दिँदै मन्त्रालयले आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको जनाएको छ । हालसम्म करिब १० वटा उडान सम्पन्न भइसकेका छन्, जसले प्रभावित मानिसहरूको उद्धार र आवश्यक सामग्री ढुवानीमा सहयोग पुर्‍याएका छन्।

यसअघि नै प्रभावित क्षेत्रमा चिकित्सा उपकरण, टेन्ट ९पाल० तथा अन्य अत्यावश्यक राहत सामग्रीहरू पठाइसकिएको सरकारले स्पष्ट पारेको छ।

संकटको यस घडीमा सबै नागरिकलाई शान्त र संयमित रहन मन्त्रालयले हार्दिक अनुरोध गरेको छ। साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिन सक्ने अफवाहको पछि नलाग्न र केवल आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न समेत आग्रह गरिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार