मंगलवार, आश्विन १३ गते २०८३

अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको सफल उद्धार

शुक्रवार , भाद्र १२, २०८३


काठमाडौं । रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण जोखिममा परेका ८८३ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। उद्धार गरिएकाहरूमध्ये ३५० जना अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र फसेका मजदुर तथा स्थानीय बासिन्दा रहेका छन्।

भोटेकोशीको बाढीका कारण हिजोदेखि हाइड्रोपावरको टनेलमा मानिसहरू थुनिएका थिए। नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर ९त्रिशुली० बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा खटिएको १र३ को सैन्य टोलीले उक्त टनेलबाट ३५० जनाको उद्धार गरेको हो। सेनाका अनुसार सोही टनेलमा बाँकी रहेका अन्य १०० जनाभन्दा बढी व्यक्तिको उद्धार कार्य अहिले पनि जारी छ।


यसैगरी, जिल्लाका अन्य बाढी प्रभावित क्षेत्रहरूमा पनि सेनाले उद्धार कार्य सञ्चालन गरेको छ। सी क्यू आर टी धुन्चे ब्यारेकबाट सह सेनानी अभिषेक शाहीको नेतृत्वमा खटिएको १र५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु वेशीका विभिन्न स्थानहरूबाट ५३३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार