मंगलवार, आश्विन १३ गते २०८३

भोटेकोसी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन

शुक्रवार , भाद्र १२, २०८३

जनकपुरधाम । प्रदेश प्रहरीले भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण संकलन थालेको छ । 

प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण संकलन थालेका हुन् ।  

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।  

उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुईजना सम्पर्कविहीन भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार