मंगलवार, आश्विन १३ गते २०८३

रसुवागढी सुरुङभित्र कोही भेटिएन, फर्कियो सेनाको टोली

सोमवार , भाद्र १५, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का  गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो । 

उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ । सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार