काठमाडौँ । भदौ १० मा भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परेर अहिलेसम्म ९८७ जनाको शव फेला परेको छ।
रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, चितवनमा ३२१ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन्।