काठमाडौं । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ ।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शव काठमाडौंमा व्यवस्थापन गर्न लागेको बताए । ‘एउटा सरकारी वन क्षेत्रमा व्यवस्थापन गर्ने भएका छौं,’ पौडेलले भने ।
फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएर पहिचान नखुलेका शव चितवनमा व्यवस्थापन गरिएको थियो ।
१० भदौमा बाढी आएको तेस्रो दिन नै शवगृहले थेग्न नसकेपछि करिडोरमै कुहिने अवस्था आएको थियो । देशभरीका अस्पताल जम्मा ६०० शव व्यवस्थापन क्षमता रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।