शनिवार, कार्तिक ८ गते २०८३

रिज लाइन इनर्जीले पनि आइपिओ निष्कासन गर्दै

मंगलवार , आश्विन १२, २०७८

काठमाडौं। रिज लाइन इनर्जीले पनि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पौने २१ लाख बढी कित्ता आइपिओ निष्कासन गर्ने भएको हो। कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रूपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने भएको हो। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८ सय ७० कित्ता आइपिओ जारी गर्नेछ। कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यो कम्पनीले गोरखा जिल्लाको अजिरकोट-२ मा रहेको चेपे नदीमा सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको क्षमता ९ दशमलव ५ मेगावाट रहेको छ। आइपिओ निष्कासन मिति भने तोकिएको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार