आइतवार, श्रावण २४ गते २०८३

मंगलबार ११५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

मंगलवार , आश्विन १२, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २४ घण्टामा १४ हजार तीन जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।

सोही अवधीमा एक हजार तीन सय १८ जना निको भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ। नेपालमा हाल १८ हजार ४२२  जना सक्रिय संक्रमित छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार