मंगलवार, आश्विन १३ गते २०८३

नागढुंगा–नौबिसे सडकखण्डमा सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन

बुधवार , भाद्र १७, २०८३

काठमाडौं । नागढुंगा नौबिसे सडक खण्ड भासिएको छ ।

नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको छ।

यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ ।सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने अनुमान छ।सडक विभागबाट अहिले प्राविधिक टोली सडक भासिएको ठाउँमा गइसकेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार