मंगलवार, आश्विन १३ गते २०८३

१११३ जनाको शव फेला, ४८५८ जना सम्पर्कविहीन

बुधवार , भाद्र १७, २०८३

काठमाडौँ । भोटेकोशी-त्रिशूलीको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११३ पुगेको छ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म बाढीमा परेका १११३ जनाको शव फेला परेको हो।

फेला परेका शवहरूमा ३१ जना बालकको, ४४ जना बालिका, २२४ जना महिला, ३९५ पुरूष र लिंग पहिचान नभएका ४२३ जना छन्।तीमध्ये ९५ वटा शवको सनाखत भई परिवारलाई हस्तान्तरण भइसकेका छन् भने ९११ जनाको पहिचान हुन सकेको छैन।

बाढीमा परी हालसम्म ४ हजार ८५८ जना सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।सम्पर्कविहीन हुनेमा ४ हजार २७५ जना नेपाली र ५८३ जना विदेशी नागरिक छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार