सोमवार, आश्विन १२ गते २०८३

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद् आएको प्रधानमन्त्रीको भनाई

बुधवार , भाद्र १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको बताएका छन् । 

बुधबार संसदलाई यसबारेमा जानकारी गराउँदै प्रधानमन्त्री शाहले बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको बताए ।

३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए । 

प्रधानमन्त्रीले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको धारणा राखे ।

सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीनको अस्थायी र दीर्घकालीन पुनःस्थापनाको काम सरकारले निरन्तर अघि बढाउने उनको प्रतिबद्धता छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार