काठमाडौं ।चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोटका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। हाल जिल्लाको करिब ९०% क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भई आपूर्ति पहिलेभन्दा थप भरपर्दो र सुधारिएको भोल्टेजसहित सञ्चालनमा आएको छ।
हालै चार्ज भएका क्षेत्रहरू:
विदुर–६
विदुर–१२ को बाँकी क्षेत्र
विदुर–३ को करिब आधा क्षेत्र
तारकेश्वर–१, ५ र ६
तारकेश्वर–२ र ३
बेलकोटगढी–७
थप ३१ वटा ट्रान्सफर्मर
चार्ज हुन बाँकी क्षेत्रहरू:
विदुर–३ को बाँकी आधा
तारकेश्वर–४
किस्पाङ गाउँपालिका
बेलकोटगढी–८
विदुर–१०
प्रमुख विद्युत् आपूर्ति मार्ग
६६ kV चपली–देवीघाट–१: त्रिशूली नदी पार गरी विदुरको करिब आधा क्षेत्र तथा किस्पाङतर्फ आपूर्ति।
६६ kV चपली–देवीघाट–२: विदुरको अधिकांश भाग, बट्टार तथा आसपासका क्षेत्रमा आपूर्ति।
६६ kV बालाजु–त्रिशूली–१: कालिका सबस्टेशनमार्फत रसुवाको धुन्चे, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकातर्फ आपूर्ति।
६६ kV बालाजु–त्रिशूली–२: चौघडा सबस्टेशनको सम्पूर्ण क्षेत्र तथा समुन्द्रटार सबस्टेशन क्षेत्रतर्फ आपूर्ति।
धादिङबेँसीबाट ३३ kV: रातमाटे सबस्टेशन चार्ज गरी आपूर्ति सञ्चालनमा ल्याइएको छ।
समग्रमा, नुवाकोटको विद्युत् प्रणाली अहिले करिब ९०% पुनःस्थापित भई आपूर्ति स्थिरता तथा भोल्टेजको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ। बाँकी क्षेत्रमा पनि चार्जिङ तथा आपूर्ति पुनःस्थापनाको कार्य जारी छ।