सोमवार, आश्विन १२ गते २०८३

कृष्णभीरमा पहिरो पन्छाउने कार्य सुरु,रूख काटान जारी

बिहिवार , भाद्र १८, २०८३

काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेको छ। 

पूर्वाधार मन्त्री सुनिल लम्सालले यसबारेमा जानकारी दिएका हुन। उनका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ।


साथै पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको पनि उनले बताए।
उनका अनुसार रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।

सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार