शनिवार, कार्तिक ८ गते २०८३

परराष्ट्रमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर, बुधबार पेशी

मंगलवार , आश्विन १२, २०७८

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको भन्दै रिट दायर गरिएको हो।

रिटमा बुधबारका लागि पेशी तोकिएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ। त्यसैले हाल मुलुकमा शपथसम्बन्धी संघीय कानुन छैन। सोही कानुनलाई टेकेर मंगलबार अधिवक्ता विशाल न्यौपानेले रिट दायर गरेका हुन्। 

अधिवक्ता न्यौपानेले संविधान बमोजिम शपथसम्बन्धी कानुन बनेर पुन शपथ नलिएसम्म परराष्ट्रमन्त्री खड्कालाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरेका छन्। त्यस्तै शपथसम्बन्धी संघीय कानुन बनाएर मात्र शपथ लिने व्यवस्था मिलाउन सरकारका नाममा परमादेश पनि माग गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार