मंगलवार, आश्विन १३ गते २०८३

आज पनि गोकर्णमा शव गाडिँदै

बिहिवार , भाद्र १८, २०८३

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले आज पनि भोटेकोशी बाढीमा फेला परेका शव गोकर्णमा गाड्ने तयारी गरेको छ । पहिचान नखुलेका शवहरूलाई अस्थायी रूपमा व्यवस्थापन गर्न लागिएको हो ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका अनुसार हालसम्म १७७ शव व्यवस्थापनका लागि अस्पतालमा ल्याइएको थियो । तीमध्ये १२९ शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ । ८५ शव अस्थायी रूपमा गाड्न पठाइएको छ भने २१ शव परिवारले पहिचान गरी बुझेर लगेका छन् ।


डिकम्पोज्ड शव खुला ठाउँमा राख्न नमिल्ने भएकाले शवगृहमा चाप बढेको हो । ठाउँ अभाव भएपछि यसअघि पनि केही शव पशुपतिको चिस्यान गृहमा पठाउनुपरेको थियो ।

पोस्टमार्टम सम्पन्न भइसकेका तर पहिचान खुल्न नसकेका शवलाई आवश्यक डीएनए नमुना संकलन तथा कानुनी प्रक्रिया पूरा गरेपछि अस्थायी व्यवस्थापनका लागि गोकर्णतर्फ पठाउने गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार