काठमाडौं । दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन् ।शवको अहिले पहिचान हुन बाँकी छ ।
आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।