काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरणअनुसार यस महाविपद्का कारण ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान छ।
शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।
कुन जिल्लामा कति शव फेला परे ?
शुक्रबार मध्याह्नसम्म फेला परेका १,२८७ शवमध्ये सबैभन्दा बढी चितवनमा भेटिएका छन्। फेला परेका शवमध्ये हालसम्म जम्मा ९६ जनाको मात्र सनाखत हुन सकेको छ। जिल्लागत विवरण यसप्रकार छ:
चितवनस् ३५९ जना
नवलपरासी पूर्व: २१९ जना
नवलपरासी पश्चिम: २१२ जना
नुवाकोट:१८४ जना
रसुवा: १४० जना
गोरखा: ७२ जना
धादिङ: ६३ जना
तनहुँ: ३८ जना
घाइते, बेपत्ता र उद्धारको अवस्था
प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्, जसमा ५८३ जना विदेशी नागरिक रहेका छन्।