आइतवार, आश्विन २५ गते २०८३

प्रधानमन्त्री देउवा र प्रचण्डविच छलफल जारी

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविच छलफल भैरहेको छ। प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद विस्तारलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। माओवादी केन्द्रको स्थायी कमिटि बैठक बसी आज मन्त्री टुङ्ग्याउने छ। त्यसअघि प्रचण्ड प्रधानमन्त्री भेट्न गएका हुन्।

कांग्रेसले भने मन्त्रीको टुङ्गो मंगलबार लगाएको छ। कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीका दुई मन्त्री छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार