काठमाडौ । भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परी अहिलेसम्म १३४४ जनाको मृत्यु भएको छ।
अहिलेसम्मको विवरण अनुसार १ हजार ३४४ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।मृत्यु हुनेमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूष छन्। ५०१ जनाको आंशिक शव मात्रै भेटिएको प्रहरीले जनाएका छन्।
बिहानसम्म ४ हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार ८ हजार ६३१ जनाको अहिलेसम्म उद्धार भएको छ।