काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक हुन्।रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो।
यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो।२१६ मेगावाटको अपर त्रिशूली-१ चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन्।