शनिवार, कार्तिक ८ गते २०८३

अर्घाखाँचीमा मदिरा सेवन गरेका श्रीमानले गरे श्रीमतीको हत्या

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। अर्घाखाँचीको सन्धिखर्कमा श्रीमती हत्या आरोपमा एक श्रीमान पक्राउ परेका छन्। प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका-७, खाँचीकोटका विष्णु विक श्रीमती हत्या आरोपमा पक्राउ परेका हुन्। उनले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाअनुसार मंगलवार राती खाँचीकोटमा दुवैजनाले सँगै बसेर मदिरा पिएका थिए। त्यहीबेला उनीहरुबीच झगडा भएको थियो। मदिरा पिएका बेला विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर हत्या गरेको प्रहरी निरिक्षक सुजन विक्रम शाहले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार