आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा ११५७ संक्रमित थपिए, ८ जनाको मृत्यु

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। बुधबार १ हजार १५७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा १ हजार ११३ संक्रमित संक्रमण मुक्त भए। हाल निको हुने दर ९६.३ प्रतिशत रहेको छ।

सोही अवधीममा ८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल सम्म ११ हजार १२३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आईसीयूमा रहेका छन् ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार