काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आव्हान गरेका छन्। बैठक बिहीबार बिहान १० बजेका लागि बोलाइएको छ। संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ। सोही अवरोध हटाउने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएको जनाइएको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको छ।