आइतवार, आश्विन २५ गते २०८३

प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध जारी नै रहने

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे डाकिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ।

एमालेले संसदमा अवरोध जारी राख्ने जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए।

१४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखले राजीनामा दिनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार