काठमाडौं। आदिवासी जनजाति नेता राजकुमार लेखी एमाले प्रवेश गर्ने भएका छन्। उनले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेर एमाले प्रवेश गर्न लागेको जनाइएको छ। उनी भोलि नेकपा एमालेमा प्रवेश गर्दैछन्।
लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका छन्। उनलाई भोलि हुने एमाले विधान महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ।