सोमवार, आश्विन १२ गते २०८३

बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित

सोमवार , आश्विन ५, २०८३

 

काठमाडौं ।राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर परेको छ।

विभागले सोमबार सूचना जारी गर्दै बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो। विद्युत् तथा इन्टरनेट सेवामा आएको अवरोधले राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको र त्यसका कारण राहदानी वितरणमा कठिनाइ भएको विभागले जनाएको छ।

वर्तमान अवस्थालाई ध्यानमा राख्दै राहदानीका लागि आवेदन दिइसकेका सेवाग्राहीलाई धैर्य गरी सेवा लिन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार राहदानी आवेदन संकलन प्रक्रिया भने पूर्ववत् रूपमा सुचारु रहनेछ। उल्लेखित समस्या समाधान भएपछि राहदानी वितरण सेवा समेत नियमित हुने विभागले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार