काठमाडौं। बितेको २४ घण्टामा देशभर १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार ७६५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन्।
२४ घण्टामा ९ सय ११ जना संक्रमण मुक्त भएका छन्। सोही अवधिमा १२ जनाले ज्यान गुमाएको मन्त्रालयले पुष्टी गरेको छ। हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ ।
हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन्।