सोमवार, आश्विन १२ गते २०८३

वर्षा गराउने प्रणाली २४ घण्टापछि कमजोर बन्दै,यद्यपि उच्च सतर्कता कायमै राख्न आवश्यक

बिहिवार , आश्विन ८, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ ।

यद्यपि त्यसको असरले नेपालका केही जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना भने कायम रहेकाले जनजीवन पनि प्रभावित हुनेसक्ने सम्भावना छ । त्यसैले उच्च सतर्कता कायम राख्न आवश्यक रहेको मौसमविदले सुझाव दिएका छन् ।यो प्रणालीको प्रभावले बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा उच्चसतर्कता अपनाउन र सकेसम्म रातिमा यात्रा नगर्न भनिएको छ ।

बंगालको खाडीको विकसित भएको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना औंल्याइएको छ ।

गएरातिदेखि नै देशका धेरै स्थानमा पानी पर्ने क्रम जारी छ । आज वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार