काठमाडौँ । पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ माल्टामा पहिरो खसेपछि बिहीबार दिउँसो साढे १२ बजेदेखि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
‘माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुबैतर्फ बाटो पूर्ण रुपमा बन्द छ,’ मिश्रले भने, ‘अहिले दुवैतर्फ सवारी साधनको लाम छ। पहिरो झरिरहेकाले तत्काल हटाउने अवस्था पनि छैन।’
त्यसैगरी ललितपुरको कोन्ज्योसोम जाने सडक पनि पहिरोले अवरुद्ध भएको छ।