सोमवार, आश्विन १२ गते २०८३

ताप्लेजुङको दोभान बजारमा आगलागी

बिहिवार , आश्विन ८, २०८३

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको ताप्लेजुङका डीएसपी कमल बजगाईंले बताए ।

आगो नियन्त्रण गर्न घटनास्थलमा सैनिक, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी खटिएका छन् । घटनास्थलमा दुई वटा दमकल पनि पुगेको डीएसपी बजगाईंले जानकारी दिए । बाक्लो घरहरूमा आगो फैलिरहेको छ । आगलागी नियन्त्रणमा लिन जिल्लाबाट पनि थप प्रहरी परिचालन गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण आएको छैन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार