सोमवार, आश्विन १२ गते २०८३

काठमाडौँबाट बाहिरिने सवारी फाखेलबाट मात्रै जान पाउने

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ ।अविरल वर्षाका कारण सड्क अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधनलाई दक्षिणकाली–फाखेल सड्क खण्डबाट मात्रै पठाइएको छ ।

बीपी राजमार्ग र कान्ती लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यसतर्फ सवारी साधनलाई जान दिएको छैन ।

दक्षिणकालीबाट फाखेल हुँदै सवारी साधन मकवानपुरतर्फ जान सक्छन् । मकवानपुरको पालुङ हुँदै त्रिभुवन राजपथबाट चल्ने सवारी साधनलाई एकतर्फी गरिएको छ ।

त्रिभुवन राजपथ हुँदै चल्ने सवारीलाई उपत्यका तर्फ आउन मात्र दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘त्रिभुवन राजपथ हुँदै सवारीसाधन काठमाडौँ आउन पाएपनि चापका कारण थानकोटबाट उता प्रवेश गर्न दिइएको छैन ।’

मकवानपुरको भैंसे लगायतका ठाउँमा फसेका सवारीलाई काठमाडौँतर्फ एकतर्फी रूपमा पठाइएको छ । वर्षाका कारण दक्षिणकाली–सिस्नेरी सड्क पनि अवरुद्ध छ । टोखा–छहरे हुँदै नुवाकोटको विदुरसम्म चल्ने सवारीलाई त्यसतर्फ जान दिइएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार