आइतवार, आश्विन २५ गते २०८३

एमालेका लागि त्याग र तपस्या गरेका नेताहरु नभएको विधान महाधिवेशन

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं। पार्टीका पुर्व प्रमुख बीना एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदैछ।

एमालेको पार्टीका पुर्व प्रमुखबीना विधान महाधिशेन हुँदैछ। यसलाई कतिपयले खल्लोरुपमा लिएका छन्। नेकपा माओवादी केन्द्रसंगको एकता, त्यसपछि निम्तिएको विवाद र सार्वेच्च अदालतको फैसला हुँदै पुर्ववत अवस्थामा फर्किएको एमालेमा देखिएको तिक्तताले एमाले फुटेर छाड्यो। एमाले फुटेपछि पार्टीका पुर्व प्रमुख भने अर्कैतिर लागे।  

पूर्व पार्टी प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन्। एमालेका संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपाल–खनालकै पार्टीमा छन्।

२०५४ सालमै एमाले छाडेका सीपी मैनाली नेकपा मालेका महासचिव छन्। विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो।

एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। नवौं महाधिवेशन २०७१ सालमा भएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार