काठमाडौं। नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ। महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन्। सम्मेलनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्नेछन्।
सहभागीहरूलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले बताए।