मंगलवार, आश्विन १३ गते २०८३

शुक्रबार १०६६ संक्रमित थपिए, १३ जनाको मृत्यु

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार तीनसय ६८ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन्।

१० हजार एक सय १३ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।

सोही अवधीमा ९३८ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ। नेपालमा हाल १८ हजार ११५  जना सक्रिय संक्रमित छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार