काठमाडौं। शुक्रबारदेखि जारी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि समूहगत छलफल हुँदैछ।
शुक्रबार प्रस्तुत अध्यक्ष केपी शर्मा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो।
छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफल बिहान ८ बजेबाटै भएको छ। छलफलको लागि विभिन्न समूहलाई विधान महाधिवेशन स्थल गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ।
छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा पेस गरिनेछ।