सोमवार, श्रावण २५ गते २०८३

जापानकी राजकुमारीले गरिन सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा, को हुन ती युवक?

शनिवार , आश्विन १६, २०७८

एजेन्सी। जापानकी राजकुमारी माकोले यही महिना एक सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेकी छन्।

यद्यपी ती युवकसंग उनी प्रेम सम्बन्धमा रहेकी छन्। माकोले अहिले मात्रै बिहेको मिति घोषणा गरेकी हुन्। उनले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसकी थिइन्। मिति भने तय भएको थिएन।

स्रोतकाअनुसार राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्ने भएकी छिन्। झन्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चासमेत भएको थियो। उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउने भएकी छिन्। राजपरिवारका अन्य सदस्यकोभन्दा उनको बिहे धेरै फरक हुने भएको छ।

जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिइन्।सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन्। सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाउने भएकी छिन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार