काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशनलाई लिएर जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन्।
पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले विधान महाधिवेशनलाई लिएर ओलीको कुम्भमेला’ भएको टिप्पणी गरेका हुन्। उनले यसलाई निभ्ने बेलाको चमकका रुपमा पनि चित्रित गरेका छन्। भट्टराईले ट्वीटरमा गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनको क्रममा सहभागीले उचालेको ओलीको तस्बिर पोस्ट गर्दै व्यंग्य गरेका हुन्।
भट्टराईले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने हो। चेतना भया!’