आइतवार, श्रावण २४ गते २०८३

शनिबार ८६७ संक्रमित थपिए, ९ जनाको मृत्यु 

शनिवार , आश्विन १६, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ५९८ नमुनाको पीसीआर परिक्षण गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन परिक्षणमा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ। 

त्यस्तै सोही अवधीमा संक्रमणका कारण ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार