काठमाडौं। साहस उर्जाको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ। आइतबार (आज) विहान ९ बजे सेयर बाँडफाँड हुने छ।
कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको बिक्री खुलाएको थियो। उक्त मितिमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओमा आवेदन खुलाएको थियो।
जसमध्ये, २ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ।
कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापटलले आईपीओमा २४ लाख ७४ हजार ४३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ।