काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले को थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर)को वेबसाइट सार्वजनिक गरेका छन् ।
इन्स्पायर मार्फत नेपालले सामाना गरिरहेका राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,प्रविधिगत तथा भूराजनीतिक चुनौतीहरुको अध्ययन अनुसन्धान गर्ने अध्यक्ष विष्णु रिमालले जानकारी दिए ।
रिमालका अनुसार इन्स्पायर मार्फत नीति,निर्मार्ता र विषय विज्ञहरुलाई एकै ठाउँमा ल्याएर विविध छलफल चलाइरहेको छ ।
ज्ञानको उत्पादन र रणनीतिक बहसलाई सहजिकरण गर्दै इन्स्पायरले नेपालको लोकतान्त्रिक,समाजवाद उन्मुख र राष्ट्रिय विकासको एजेण्डामा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
आज सार्वजनिक भएको वेबसाइट ष्लकउष्चभद्दण्डद्द।यचन अंग्रजी र नेपाली भाषामा पढ्न सकिन्छ । वेबसाइटमा पाँचवटा विधा रहेका छन् । जसमा अर्थ राजनीति,समाज अध्ययन,प्राकृतिक स्रोत,प्रविधि र नवप्रवर्तन परराष्ट्र मामिला रहेका छन् ।
वेबसाइटमा यस अघि इन्स्पायरले यस अघि गरेका नीति बहसका कार्यपत्र तथा जर्नल आलेखहरु प्रकाशित छन् । जसमा कार्यपत्र आठ वटा,विशेष प्रतिवेदन चारवटा समावेश छन् ।
वेबसाइटमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद,बदलिँदो जनासंख्यिक संरचना,नेपाली समाजको रुपान्तरण,उत्पादन सम्बन्ध,राष्ट्रिय सुरक्षा नीति,विश्वको अर्थ राजनीति,शक्ति सन्तुलन,आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन,समाजको वर्ग विश्लेषण लगायतका कार्यपत्रहरु प्रकाशित गरिएका छन् ।
वेबसाइटमा किताबका कुरा,युथ इग्नाइट लगायतका शिर्षक छन् । इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा राखिएका सामग्रीका विषयमा नीतिगत बहस पछि दिइएका नयाँ बिचारहरुलाई पोलिसी ल्याबमा राखिनेछ ।
वेबसाइटको नेपाली भाषाको सम्पादक रामशरण बजगाँई र अंग्रेजी भाषाको सम्पादक बालकृष्ण कट्टेल रहेका छन् ।
एमालेलाई नीगित रुपमा बलियो बनाउन,राजनीति बाहिर चलिरहेका बहस र समाजमा चलिरहेका विषयलाई वेबसाइट मार्फत राजनीतिको मुल प्रवाहमा ल्याउने प्रयास भएको अध्यक्ष रिमालले जानकारी दिए ।
उनले वेबसाइटमा प्रकाशित सामग्रीका बारेमा डा.युवराज खतविडा, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ,डा.नेत्र तिम्सिना,डा.विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा.टिका ढकालले, प्रकाश पारेका थिए ।