शुक्रवार, आश्विन ३० गते २०८३

वर्षा र पहिरोका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

शुक्रवार , आश्विन ३०, २०८३

काठमाडौं । प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन्


म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । गत असोज १० गते बिहान ५ः५० बजेदेखि अवरुद्ध हुन पुगेको उक्त सडक खण्ड हाल एकतर्फीमा मात्र सुचारु रहेको छ ।  

गोरखा जिल्लामा बाढीका कारण सडक आवागमन पूर्ण रूपमा ठप्प भएको छ । गत असोज २५ गते बिहान ५ः३० बजेदेखि आरुघाट गाउँपालिका–२, ३ र सोही गाउँपालिकाको वडा नम्बर ९ नयाँपुलस्थित सोतिमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।  

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार