आइतवार, आश्विन २५ गते २०८३

मन्त्रीको नाम टुंग्याउन माओवादीको स्थायी कमिटी बैठक बस्दै

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ। बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ। यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए।

हिजोको बैठकपछि उनले भनेका थिए, ‘आज त्यसबारेमा कुनै छलफल भएन। भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ।’शनिबारको बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो। क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो।

माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार