आइतवार, आश्विन २५ गते २०८३

‘अब एमालेको राजनीति भविष्य समाप्त भइसक्यो’

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। नेकपा एकिकृत समाजवादी ‘एस’ पार्टीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेले व्यक्ति पुजा गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई धरासयी बनाएको आरोप लगाएकी छन्।

नेपाली रेडीयो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुरा गर्दै उहाँले एमालेमा विधि, सिद्धान्त, विचार सबै हराएको भन्दै आफूहरु त्यहाँबाट विद्रोह गरेर सुरक्षित अवतरण गरिसकेको बताईन्।

ओलीले संविधानलाई कुल्चिएको भन्दै उनले अब एमालेको राजनीति भविष्य समाप्त भएको टिपणी गर्दै संविधान बचाउन पनि गठबन्धनको आवश्यक्ता भएको बताईन्।

झाँक्रीले गठबन्धन गरेरै अगाढी बढेर कम्युनिष्ट एकतालाई अगाढी बढाउने योजना रहेको बताइन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार