आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसको काठमाडौंका सात स्थानीय तहका सभापति यी हुन्

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौं जिल्लाका सात स्थानीय तहको सभापति चयन भएका छन्। ११ वटा स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा नेतृत्व चयनका लागि आइतबार बिहान ९ बजेदेखि मतदान जारी छ। शनिबार अधिवेशन सम्पन्न भएका बुढानीलकण्ठ, कागेश्वरी-मनहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिकाको अधिवेशनको मत परिणाम सार्वजनिक भएको हो।

जसअनुसार शनिबार सम्पन्न अधिवेशनबाट बुढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्। नगरपालिकाको उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन्। सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए। 

कागेश्वरी-मनहराको सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। दाहाल १५१ मत पाएका थिए। यस्तै‚ तारकेश्वरका सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन्। उनले १३५ मत प्राप्त गरे। शंखरापुर नगरपालिकाको सभापतिमा दीलिपकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले खसेको कुल १५७ मतमध्ये ८६ मत प्राप्त गरे। टोखा नगर सभापतिमा ओम विमली विजयी भएका छन्। ११७ मत प्राप्त गरी विमली विजयी भएका हुन्। 

गोकर्णेश्वरको सभापतिमा कुमार लामा विजयी भएका छन्। लामाले १०९ मत प्राप्त गरेका छन्। यस्तै‚ नागार्जुन नगर सभापतिमा दुर्गा गौतम विजयी भएका छन्। शनिबार भएको नगर अधिवेशनबाट उनी सभापतिमा विजयी भएका हुन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार