आइतवार, आश्विन २५ गते २०८३

राजकुमार लेखीसहित ५५ जना एमालेमा प्रवेश

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन्। एमालेको जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गरेका हुन्।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता लगायत ५५ जनाले एमाले प्रवेश गरेका छन् । 

राजकुमार लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन्। पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी  गठन गरेका थिए। 

त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गरे। त्यसयता मधेस केन्द्रित दलमा रहे। पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए। उनले गत बिहिबार लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार