आइतवार, आश्विन २५ गते २०८३

एमालेमा ७० वर्षे उमेर हदमा गरियो यस्तो व्यवस्था, जसले अ‍ेलीलाई हुने छ सहज

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। नेकपा एमालेले बेही खुकुलो व्यवस्था सहित ७० वर्षे उमेर हद कायम राखेको छ। एमालेले ७० वर्षे उमेर हदमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको हो। जसले अध्यक्ष ओलीलाई ७० वर्ष पुगेपनि काम गर्न पाउने बाटो खोलिदिएको छ। 

यो व्यवस्था अनुसार कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने छ। यो व्याख्याले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन्।

कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउनेछ। त्यस्तै, एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था पनि विधान महाधिवेशनले पारित गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार